जसपाको बैठक स्थगित

काठमाडौं। जनता समाजवादी पार्टीको बैठक स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक स्थगित भएको जनाइएको छ। जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक बोलाएको थियो।

पार्टी अध्यक्ष राजेन्द्र महत्तो जनकपुर गएको र अरु नेताको कार्यब्यस्तताका कारणले बैठक स्थगित भएको जसपा कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रौतहटका एक वडाध्यक्ष आफैँ गाडी चलाएर बिरामीलाई ओसार्दै