आईपीएलः मुम्बईले कोलकतालाई हरायो

काठमाडौं। साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट मा पहिलो जित हासिल गरेको छ। चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो। कोलकताको यस सिजन यो पहिलो हार हो।
मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। कोलकताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए। यस्तै शुबनम गिलले ३३ रन जोडे।

मुम्बईका राहुल चाहरले ४ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो। मुम्बईका लागि सुर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए। यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए। हार्दिक पाण्डेय र कुर्नाल पाण्डय समान १५ रन बनाए।

अन्य सम्बन्धित समाचार:  इङ्ग्लिस प्रिमियर लिगः शीर्ष स्थानको सिटी पराजित

कोलकताका लागि आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। प्याट कमिङ्सले २ विकेट लिए। जितपछि मुम्बईले २ खेलबाट २ अंक जोडेको छ। मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो। पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराएको कोलकताको यो पहिलो हार हो।