हरिद्वारमा हजारौंले गरे शाही स्नान

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भारतको हरिद्वारमा तेस्रो शाही स्नानका लागि हजारौंको संख्यामा भक्तजनहरु भेला भएका छन्। बुधबार विहान गंगा नदीमा डुबुल्की मार्न हजारौं भेला भएपछि कोरोना संक्रमण झन् बढ्ने चिन्ता थपिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

कुम्भ मेलामा विहानैदेखि गंगा स्नानको सिलसिला जारी छ। आम सर्वसाधारणले स्नान गरिसकेपछि सन्तहरुको शाही स्नान हुने छ। यसैबीच उत्तराखण्डमा पर्ने हरिद्वारमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ। हरिद्वारमा मंगलबार ५९४ जना नयाँ संक्रमित फेला परेका थिए।

अन्य सम्बन्धित समाचार:  अमेरिकी डीभीको नतिजा आज राती आउने