भारतको महाराष्ट्रमा आजदेखि १५ दिनका लागि कफ्र्यू

काठमाडौं। भारतको महाराष्ट्रमा आजदेखि कफ्र्यू जारी गरिएको छ। कोरोना संक्रमणको दर नघटेपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कफ्र्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले जानकारी दिए।

मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कफ्र्यु जारी गर्न बाध्य भएको बताए। कफ्र्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन्।

अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ। पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ। त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन्। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतसँग जोडिएका सबै सीमा नाका बन्द, आवतजावतमा ठप्प