कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ। उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो। गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको बताए।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको जनाइएको छ। प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ। उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित