खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं। काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन्। बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका जनाइएको
छ।

उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन्। कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते