आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समय अनुसार साँझ७ः४५ पछि चेन्नईमा हुँदै छ। बेंगलोरले लगातार दोस्रो जित चाहन्छ। हैदराबाद पहिलो जितको खोजीमा हुने छ।

पहिलो खेलमा बेंगलोरले साविक विजेजा मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। १ सय ६० रनको विजयी लक्ष्य बेंगलोरले अन्तिम बलमा पूरा गरेको थियो। विराट कोहली, एवि डिभिलिर्स र ग्लेन म्याक्सवेल प्रमुख ब्याटिङ हतियार हुन्। हैदराबादविरुद्ध युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले पूनरागमन गर्ने सम्भावा छ।

अन्य सम्बन्धित समाचार:  आईपीएल खेल्न भारत पुगेका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा