कक्षा १० को परीक्षा रद्द, १२ को परीक्षा स्थगित

काठमाडौं। भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ। कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको हो।

बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका आधारमा सार्वजनिक गरिने उल्लेख छ।

कक्षा १२ को परीक्षा भने स्थगित गरिएको छ। यसका लागि अर्को सूचना जारी गर्ने तयारी भएको छ। भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० र १२ को परीक्षा ४ मेमा तय भएको थियो।

अन्य सम्बन्धित समाचार:  अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु