कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर। विराटनगरको कोसी अस्पतालमा कोरोना संक्रमणबाट महिलाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका—४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला बुधबार दिउँसो श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी थिइन्। नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो।

स्कुटरमा अस्पताल पुगेकी महिलाको अवस्था सामान्य थियो। तर एक्कासी अक्सिजनको मात्रा कमी भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप तीन जना कोरोना संक्रमितको मृत्यु