मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे

गण्डकी।  गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेपछि त्यसलाई छल्न अधिवेशन हतारमा अन्त्य गरिएको जनाइएको छ। नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो। ​विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका थिए।

मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो। तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएको छ। जनमोर्चाको सहयोगमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तरखरमा थिए। आफू संकटमा परेपछि अधिवेशन हतारमा अन्त्य गरिएको हो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक बस्दै