माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए

काठमाडौँ। गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखको जिम्मेवारीमा बरिष्ठ वामपन्थी नेता अमिक शेरचन छन्। नेकपामा आबद्धताको हिसाबले शेरचन पूर्व माओवादी पक्षका नेता हुन्। गण्डकी प्रदेशमा प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला प्रदेश प्रमुख शेरचनले बुधबार राति १२ बजे मुख्यमन्त्री गुरुङको सिफारिसमा संसद अधिवेशन अन्त्यको घोषणा गरिदिएका छन्।

माओवादी, कांग्रेस, जनमोर्चा लगायतका दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला रातारात गरिएको अधिवेशन अन्त्यलाई लिएर विपक्षी गठबन्धनका नेताहरु झस्किएका छन्। शेरचनले रातारात अधिवेशनको अन्त्य गरेर एमालेको सरकार टिकाउनुलाई सहयोग गरेको माओवादी पक्षको गुनासो छ।

तर, प्रदेश प्रमुख एक्लैले संसद अधिवेशनलाई रोक्न सक्दैनन्। मुख्यमन्त्रीले बैठक अन्त्यको सिफारिस गरिसकेपछि प्रदेश प्रमुखले संविधानतः बैठक अन्त्यको घोषणा गर्नैपर्छ। प्रदेश प्रमुखको काम चित्त नबुझेमा राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गरिदिन सक्ने संविधानमा व्यवस्था छ।

अन्य सम्बन्धित समाचार:  वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय

तथापि बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको सूचना विहीबार बिहान मात्रै सार्वजनिक हुँदा भने ‘ब्याक डेट’ निर्णय भएको हो कि भन्ने आशंका जन्मिएको एक नेताले जानकारी दिए।