बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं। बाँकेमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा—२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले बताए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  थप तीन जना कोरोना संक्रमितको मृत्यु