गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै

काठमाडौं। गण्डकी प्रदेशसभा बैठक बोलाउनका लागि समावेदन दिन विपक्षी तीन दलबीच छलफलमा जुटेका छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि विपक्षी दलहरुबीच छलफल भइरहेको छ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार परिवर्तित सन्दर्भका बारेमा छलफल गर्न तीन दलको बैठक बसिरहेको छ। काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालका सांसदहरुबीच छलफल भइरहेको उनले जानकारी दिए। उनका अनुसार प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष लिखित माग गर्ने सन्दर्भमा छलफल भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  राजेन्द्र महतोसँगै देउवा निवास पुगे महन्थ ठाकुर