२३ किलो गाँजासहित तीनजना पक्राउ

काठमाडौं। हेटौंडाबाट अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुईजना महिला छन्। हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको।

पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन्। उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चले दियो पक्राउ परेका पत्रकार रिहा गर्न आदेश