पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु

झापा। कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो। भारतबाट फर्किएलगत्तै बिरामी परेका उनीमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उहाँको गए राति मृत्यु भएको हो। उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि