गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग

पोखरा। प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन्।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका हुन्।

अन्य सम्बन्धित समाचार:  रौतहटका एक वडाध्यक्ष आफैँ गाडी चलाएर बिरामीलाई ओसार्दै