सेयर बजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं। २०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड कायम राखेको छ। नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो।

नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ। बिहीबारसम्मको पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

नेप्से परिसूचकसँगै बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ दशमलव ४४ अंकमा पुगेको छ। कारोबार रकम पनि ८ अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै भएको छ।

अन्य सम्बन्धित समाचार:  हुलाकी राजमार्गमा रुख कटान कार्य सुरु

दिनभर भएका ९५ हजार ७ सय ३७ कारोबारबाट २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ पुगेको छ। समूहगत सवइन्डेक्सहरुमा जलविद्युत र व्यापार समूह घटेका छन्। बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ।