देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। त्यसैगरी आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु