मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने

काठमाडौं। कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक आजका लागि बोलाइएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार आजको बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ। सोही बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने पनि जनाइएको छ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अघि एमालेले नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिने छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक जारी