सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज उकालो लागेको छ। आज सुनको मूल्यमा ७ सय वृद्धि भएको छ। बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो।

यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ। यस्तै यता चाँदीको मूल्य पनि बढेको छ। हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य