बसको ठक्करले एम्बुलेन्स चालकको मृत्यु

सप्तरी। बसको ठक्करबाट सप्तरीमा आज बिहान एम्बुलेन्स चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको स१च ५५२ नम्बरको एम्बुलेन्सलाई सप्तरीको शम्भुनाग नगरपालिका–३ मा ठक्कर दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्स चालक सिरहा, सुखीपुरका ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु हो। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु