पेट्रोलियम पदार्थको अर्डर अनलाइनबाटै गर्न सकिने

काठमाडौं। नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवम् भुक्तानी प्रक्रिया सुरु गरेको छ। यसअघि नै निर्माण गरिएको ईआरपी एप्लिकेसनमार्फत् निगमले सोको कार्यान्वयन आजदेखि सुरु गरेको जनाइएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले आज बिहानदेखि ईआरपी प्रविधिमार्फत् कारोबार सुरु गरिने बताए।

यो सेवा पेट्रोलियम व्यवसायीका लागि मात्रै हो, उपभोक्ताका लागि होइन। यसअघि निगमले उक्त प्रविधिमार्फत् कारोबार सुरु गरिने बताए पनि व्यवसायीले असन्तुष्टि जनाउँदै आएका थिए। व्यवसायीसँग पटक–पटक छलफल गरिएको र प्रयोगपछि नै सिक्दै जाने भएकाले ईआरपी प्रविधिप्रति पछिल्लो समय व्यवसायी पनि विश्वस्त भइसकेका उपाध्यायको भनाइ थियो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार अनलाइन (एप्लिकेसन) मार्फत् पेट्रोलियम पदार्थको अर्डर गरेमा पारदर्शी हुने, चोरी तथा तस्करी कम हुने छ।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य