कर्णाली प्रदेश— कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन, फेरि बस्दै

सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ। प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको जनाइएको छ। आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको र पुनः बस्ने कांग्रेसका एक सांसदले जानकारी दिए। ‘बैठक विनानिष्कर्ष टुङ्गिएको छ, संसद बैठक बस्नु अगाडि नै फेरि बस्छौं,’ ती सांसदले भने।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ। एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ। यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ