रुरु जलविद्युतको आईपीओः ३७ हजार ९१६ जनाले पाए

काठमाडौं। रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन्। आईपीओ पर्नेहरुले १०र१० कित्ता सेयर पाएका छन्। १०र१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एकरएक कित्ताका दरले वितरण गरिएको छ। रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रिमा राखेको थियो।

त्यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारीलाई, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र बाँकि ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको थियो। शुक्रबार रुरुको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य