भारतबाट फर्किएका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका—१३ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ः३५ बजे मृत्यु भएको हो। ओलीका अनुसार उनी एक हप्ता अघि मात्रै भारतबाट घर आएका थिए।

स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए। सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण