राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्ः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि नेपालका बुद्धिजिवीहरु आफ्नै पक्षमा भएको दाबी गरेका छन्। आज बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको बौद्धमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–‘नेपालका सबैभन्दा राम्रा दिमाग भएका मानिसहरु मेरै पक्षमा छन्, त्यसैले प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरु मेरै पक्षमा उभिए।’

सबै बौद्धिक तप्का, खेल क्षेत्र, नागरिक अगुवा र विज्ञहरु अलोकन्तान्त्रिक, असंवैधानिक, निरंकुश र तानाशाही कदमको विरोधमा गएपछि अन्ततः अदालतले पनि प्रतिनिधि सभा पुर्नस्थापना गर्ने निर्णय गरेको दाहालको भनाई छ।

अहिलेको शासन व्यवस्था कुनै एक दल वा व्यक्तिको बलले मात्र स्थापना नभएको दाबी गर्दै अध्यक्ष दाहालले भने –‘आजको परिस्थिति कुनै एउटा पार्टी विषेश र नेता विशेषले ल्याएको होइन।’

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् बैठक सकियोः यस्ताे भयाे निर्णय