बुटवलमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले दिएको जानकारीअनुसार अर्घाखाँचीको शितगंगा २ की ७० वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो।

गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी महिला दिर्घ रोगी समेत रहेकी थिइन्। उनलाई स्तन क्यान्सर समेत भएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु