प्रचण्डलाई ओलीको फोन, के भयो कुराकानी?

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्। ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन्। ‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले बताए। मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो। म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि। म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ’ कार्यक्रममा उनले भने।

प्रधानमन्त्री ओलीसँग उक्त गाउँपालिकाको बाटो निर्माणका लागि आफूले भनिदिने आश्वासन पनि दिए। प्रचण्डले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु। मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु।’

अन्य सम्बन्धित समाचार:  ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिनका लागि अध्यक्ष प्रचण्डलाई फोन गरेका हुन्। हिउँदे अधिवेशन अन्त्‍यको तयारी भइरहेको बेला समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।