एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल

सुर्खेत। कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरे। प्रदेशसभा अधिवेशनको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले आफ्नो पार्टीमा सांगठनिक समस्या रहेको स्वीकार गरे। उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको ‘दिलचश्पी’ देखिराख्छु। यसले घर पनि बिग्रन्छ, सम्बन्ध पनि बिग्रन्छ।’

एमालेमा देखिएको समस्याको आफूहरुले समाधान खोज्ने भन्दै उनले भने, ‘त्यसैलाई नै आधार बनाएर गर्ने कुरा छ, त्यसले न सम्बन्ध सुधार हुन्छ, न त वातावरण राम्रो बन्छ।’ उनले पार्टीभित्र समस्या भएपनि एमालेको संसदीय दल एकतावद्ध रहेको समेत जानकारी दिए। कर्णाली प्रदेशमा एमाले सबभन्दा ठूलो दल भए पनि पार्टी एकताका लागि मात्र शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले विरोधी गठबन्धनलाई परास्त गरौंः सुर्य थापा