कर्णाली प्रदेश– काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने

काठमाडौं। कर्णाली प्रदेशमा नेपाली काँग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ। यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका थिए।

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा आफूहरुले मत दिँदैमा विश्वासको मत नपुग्ने भनेर जान्दा जान्दै पनि आफूहरुले पक्षमै मत दिने निर्णय लिएको जानकारी दिए।

काँग्रेसले तल परेका, साना, निमुखालाई तान्ने कुरा गर्दै आएको प्रस्ट पार्दै उनले प्रदेशसभामा पनि आफूहरुले कमजोर पक्षलाई नै साथ दिने निर्णय गरेको बताए। काँग्रेसले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत पुग्दैन भन्ने जानेर नै आफूहरुले विश्वासको मतको पक्षमा मत हाल्ने निर्णय गरेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक बस्दै