सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं। सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ। समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो। यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतसँग जोडिएका सबै सीमा नाका बन्द, आवतजावतमा ठप्प