देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  थप तीन जना कोरोना संक्रमितको मृत्यु