हात्तीको आक्रमणबाट किसानको मृत्यु

माेटरसाइकल

सप्तरी। हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा एक किसानको आज मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट भारदहका ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली घटनास्थलमा पुगेको वार्डेन अशोक रामले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। कोशी नदी पश्चिम किनार गोलघर नजीक खेतमा काटेर राखिएको गहुँको रखवाली गर्न गएका प्रमाणीलाई हात्तीले कुल्चेपछि उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताए। प्रमाणीका श्रीमती, एक छोरा र एक छोरी छन्।

अन्य सम्बन्धित समाचार:  ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग