केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा

सुर्खेत। कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन्। फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाउने जानकारी दिए।

उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको जनाए। केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन्।’ यस्तै ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन्।

अन्य सम्बन्धित समाचार:  झन् मजबुत बन्दै विपक्षी गठबन्धन