ओलीले डाकेको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने जनाइएको छ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन्। तर अध्यक्ष प्रचण्डले आफू बालुवाटार नजाने र सिंहदरबारमा बैठक राखिए मात्र जाने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले