कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत

काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ। सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल रहेका छन्।

अर्की एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन्। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ।

अन्य सम्बन्धित समाचार:  भारतसँग जोडिएका सबै सीमा नाका बन्द, आवतजावतमा ठप्प