प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबिच गोप्य भेटवार्ता भएको छ। कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो।

नेता नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै भएको भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए। श्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले