बालुवाटारमा सर्वदलीय बैठक सुरु भयो

काठमाडौं। बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा विभिन्न दलका शीर्ष नेता सहभागी छन्। प्रधानमन्त्री आफैंले विभिन्न दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका थिए। खासगरी मुलुकमा देखापरेका विभिन्न समस्या तथा पछिल्लो समय बढेको कोरोना जोखिमलगायत विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ।

संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरे पनि विभिन्न दलका नेताले बैठकमा सहभागी नहुने बताइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  उपेन्द्र समुहले पदमुक्त गराएका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश