त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

आजो खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्।नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसिया सहभागी हुँदैछ।

अन्य सम्बन्धित समाचार:  ला लिगा : उपाधि होडबाट बाहिरियो बार्सिलोना