कर्णाली प्रदेशः फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ। प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको जनाइएको छ।

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो। ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, थपिए दुई मन्त्री