मलेसियाबाट ल्याइयो ९ श्रमिकको शव

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना नेपाली श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो। विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले बताए।

यसअघि मलेसियाबाट दुई पटक १२ र १८ वटा शव ल्याइएको थिया। ‘मलेसियामा अझै ४ वटा शब ल्याउन बाँकी छ,’ उनले भने,’साउदीबाट पनि १३ वटा शब ल्याउनुपर्ने छ।’ चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ८८१ जना विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई बोर्डले क्षतिपूर्ति रकम दिलााएको छ। यो आर्थिक वर्षमा ७५० मात्रै शव आउने अनुमान गरेको यो वर्ष दोस्रो चौमासिकसम्म अनुमानभन्दा बढी श्रमिकको परिवरलाई क्षतिपूर्ति दिनुपरेको हो।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते