टिपर र बस ठोक्किँदा १७ जना घाइते

जनकपुरधाम। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको लालगढ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते