कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला कांग्रेस महाधिवेशन केन्द्रीत छलफलमा जुटेको हो।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललेबताए। बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप्ने तथा नयाँ सत्तासमिकरण लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार गृहमन्त्री बादल नै