भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

काठमाडौं। विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ। मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो।

भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ। २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्नेछ। मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ। मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ।