त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

उक्त खेल कीर्तिपुरस्थित टी—यू अन्तर्राष्ट्रिय मैदानमा १२ः१५ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। तीन टोली सहभागी सिरिजमा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

अन्य सम्बन्धित समाचार:  बार्सिलोना र एटलेटिको बराबरीमा रोकिए