फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो। शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ।

त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ। चाँदीको मुल्य भने स्थिर रहेको छ। आज १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य