अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

काठमाडौं। संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो। गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ। अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन्। दुबैको अस्पतालमा उपचार भइरहेको छ। गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो। अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जेरुसलमको मस्जिदमा झडप हुँदा १७८ जना घाइते