माओवादीले स्थायी कमिटी बैठक बोलायो

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक आज दिउँसो २ बजेका लागि बोलाएको न्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन। प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र नेपालपक्षका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति