बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए। श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति आइतवार आफ्नै निवास बूढानीलकण्ठमा विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनले जानकारी दिए।

नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए। प्रचण्डजीहरूको समर्थन फिर्ता भएको छैन। त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएका बेलामा हामीले अरू सोच्ने कुरा छैन। त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ। बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन, देउवाले भने, ुहामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन। हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं। तरराजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ।’ सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  रौतहटका एक वडाध्यक्ष आफैँ गाडी चलाएर बिरामीलाई ओसार्दै