‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

गलकोट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन्। नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा काँग्रेसको साथ रहने जानकारी दिइन्। “एमसीसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन” उनले भनिन्।

उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै काँग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘गण्डकी प्रदेश समेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन्।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् बैठक सकियोः यस्ताे भयाे निर्णय